जनकपुर – मधेश आन्दोलनका शहीदको सम्मानमा जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरधामको उत्तरी प्रवेशमार्ग मुजेलियामा शहीद द्वारको निर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


करिब रू. तीन करोडमा मधेश आन्दोलनका शहीद नितु यादव, दिलीप यादव र सञ्जय चौधरीको सम्मानमा शहीद द्वार निर्माण गर्ने योजना अघि सारिएको हो ।


ADVERTISEMENT

# # #


उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहका अनुसार मधेश आन्दोलनमा शहादत प्राप्त गरी अन्त्येष्टि गरिएको छेउ मुजेलियास्थित राजमार्गमा शहीद द्वार निर्माण गरिने छ । द्वारको तीनवटा पिलरमा नितु, दिलीप र सञ्जयको प्रतिमा रहने जनाइएको छ । उपमहानगरपालिकाद्वारा सो द्वारमा मर्यादा पुरूषोत्तम भगवान रामको प्रतिमा पनि राख्ने योजना अघि सारिएको छ ।