काठमाडौँ-  असार शुक्ल पूर्णिमाका दिन शास्त्रसम्मत मन्त्र दान गर्ने गुरु, शिक्षा, कला, साहित्य, सीप र प्रविधि प्रशिक्षण गराउने गुरु लगायतप्रति श्रद्धाभाव व्यक्त गर्दै गुरुपूर्णिमा मनाइँदैछ । यसै दिन गुरु वेदव्यासको जन्म भएकाले वेदव्यास जयन्ती मनाउने गरिन्छ ।
पौराणिक साहित्यमा व्यास जयन्तीको व्याख्या भए जसरी तन्त्र विद्यामा ब्रह्मा, विष्णु, महेश्वरको स्वरूपलाई गुरु मानिएको छ । पशुपतिनाथका गुरु दक्षिणामूर्तिको मन्दिर वर्षको एक दिन यसै उत्सवमा नागरिकका लागि खुला रहन्छ ।


ADVERTISEMENT


सामाजिक दूरी कायम गरेर दक्षिणामूर्तिमा दर्शन गर्न सकिने व्यवस्था गरिएको पशुपतिनाथका कोतवाल पूर्णनारायण जोशी बताउनुहुन्छ ।
राजगुठी अन्तर्गतका मुलुकका सबै नाथ अखडामा गुरु गोरखनाथको अर्चना गरिँदैैछ । जुम्लामा छिप्रानाथ योगीको पूजन हुँदैछ । आर्यघाटमा
रामनाथ अघोरीको प्रतिमामा अर्चना हुँदैछ । यसै दिन पशुपति मन्दिर परिसरमा रहेको कीर्तिमुख भैरवमा पञ्चवली पूजा समेतको तयारी रहेको पशुपति गुठी गोश्वाराका प्रकाश अधिकारीले जानकारी दिनुभयो ।


ADVERTISEMENT

# # #