काठमाडौं – संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोभिड–१९ संक्रमणका कारण प्रभावित कामदारहरुको उद्धार र राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ५ करोड १० लाख रुपैयाँ अनुदान दिएको छ । संघका अध्यक्ष कुमार पन्तले लामो समयको प्रयासपछि संघलाई आईएलओले ४ लाख २४ हजार ३ सय १० डलर (५ करोड १० लाख रुपैयाँ) अनुदान दिने भएको बताएका छन् ।


ADVERTISEMENT


 

यस विषयको सहमतिपत्रमा हस्ताक्षर भएको भन्दै अध्यक्ष पन्तले संघको पहलमा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार भइरहँदा श्रमिकको लागि अनुदान रकम उपलब्ध हुनुले थप उत्साहित र हर्षित बनाएको भन्दै थप जिम्मेवारीबोध गराएको बताएका छन् ।


ADVERTISEMENT

# # #


 

विशेष गरी कोभिड–१९ बाट बढी प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशमा रहेका नेपालीको सहयोगार्थ आईएलओले उक्त सहयोग परिचालित हुने भन्दै अध्यक्ष पन्तले कोभिड–१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमासमेत सो रकम खर्चिइने उल्लेख गरेका छन् ।

 

संघले ती मुलुकमा रहेका नेपालीको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको भन्दै अध्यक्ष पन्तले ती कार्यालयबाट विदेशमा कोरोनाकै कारण काम छाड्न बाध्य पारिएकालाई सुरुमै कानुनी परार्मश दिने तयारी रहेको बताएका छन् । उनले आईएलओबाट प्राप्त सहयोग नेपाल फर्किनेहरुका लागि समेत खर्च गरिने उल्लेख गरेका छन् । कोरोना भाइरस संक्रमणबाट प्रभावित भई कति नेपाली फर्किने छन् भन्ने एकिन भइसकेको छैन । सरकारले बढीमा ३५ हजार नेपाली फर्किने सूचीमा रहेको बताएको छ ।