काठमाडौँ – नेपाल वायुसेवा निगमका चालकदलका केही कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । जसमा तीनजना पाइलट र केही क्याबिन क्रुका कर्मचारी रहेको स्रोतले जनाएको छ ।


ADVERTISEMENT


पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पनि नेपाल एयरलाइन्सका चालक दलका केही सदस्यमा कोरोना पुष्टि भएको जानकारी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत दुःख व्यक्त गर्दै पर्यटनमन्त्री भट्टराईले संकटका बेला पनि आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै प्रशंशा गरेका छन् ।


ADVERTISEMENT

# # #


मन्त्री भट्टराईले संक्रमित कर्मचारीको शीघ्र श्वास्थ्य लाभको समेत कामना गरेका छन् ।