काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघ अध्यक्ष भवानी राणाका कारण ईतिहाँसमै कमजोर अवस्थामा पुगेको भन्दै चौतर्फी बिरोध चुलिएको छ । गत हप्ता बसेको कार्यसमिति र पदाधिकारी बैठकमा समेत महासंघको दर्दनाक स्थितिको ढाकछोप गर्नेगरी एजेन्डा लुकाईएको भन्दै जिल्ला नगरका अधिकाँस सदस्यहरू आक्रोशीत बनेका छन् । अध्यक्ष राणाले आफ्नो कार्यकालमा गरेका गैरकानुनी, अबैधानिक र अपारदर्शी कामहरूलाई लुकाउन बैठकमा प्रबेशै नदिएको बिषयले महासंघ तताएको छ ।
अझ बैठकको माईन्युटमा नभएको बिषय समेत मिडियामा पठाएर अतिरञ्जित गर्दा समेत राणा मौन बस्नु शंकास्पद रहेको भन्दै महासंघमा घोर आपत्ति जनाईएको एक स्थायी समिति सदस्यले बताए ।


ADVERTISEMENT


कोरोनाको बहानामा बोनसु कार्यकाल लम्ब्याएर मनोमानीुलाई निरन्तरता दिईरहेको आरोप अध्यक्ष राणामाथि लगाईएको छ । उनको कार्यकाललाई महासंघ धरासाही बनाएको, निजी क्षेत्रलाई तहसनहस बनाएको, बैदेशिक सहयोग ठप्प पारेको, सरकारसँगको सहकार्य टुटाएको, गैरकानुनी र अपारदर्शी गतिबिधिहरू गरेको, फुटको राजनीति गर्दै एकता भड्काएको र महासंघलाई ईतिहांसकै धरासाही अवस्थामा पूर्याएको लगायतका गम्भीर आरोपहरू लगाईएका छन् । अझ महासंघभित्र अख्तियार प्रबेश गर्ने स्थिति बनाउँदै करमा निबकरण नै नहुने अवस्था आउनु आधा शताब्दीको गौरवपूर्ण महासंघको साखमा कालो धब्बा लागेको विश्लेषण गरिएको छ ।
राणाले  “खोलो तर्यो लौरो बिर्स्यो”  भन्ने उक्तिलाई चरितार्थ गर्दै आफुलाई अध्यक्ष बनाउने देखि हाल सम्म हरेक विषम परिस्थितिमा साथ दिने ब्यक्ति र समुहलाई धोका दिँदै आफ्ना कर्तुतहरूबाट उम्कन असान्दर्भिक गठबन्धन र अबैधानिक कृयाकलाप गरेको भन्दै महासँघमा ईतिहाँसकै ठूलो दरार उत्पन्न भएको छ ।


ADVERTISEMENT

# # #


स्वार्थ अनुसार प्रयोग गर्ने र छोड्ने राणाको शैलीको यो निरन्तरता होू एक स्थायी समिती सदस्यले भने ूउनको ईतिहाँस समेत झुट र धोका, आफ्ना लागि जे पनि गर्ने र कित्ता परिवर्तन गर्न माहिर हो ।”
यसरी, “आफ्नै घरमा आगो लगाएरु राणाले महासंघको पहिचानलाईं नै नामेट बनाउन खोजेको गम्भीर आरोप समेत लागेको छ ।
“अध्यक्षले आफ्नै घरमा आगो सल्काएर आफु उम्कने दाउ खोज्नुभयोू एक पूर्वअध्यक्षले भने “तर यो अग्निपरिक्षाको परिणाम भोग्न स्वयम् राणा पनि तयार हुनुपर्छ ।”

बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बिराटनगरको सार्बजनिक कार्यक्रममा महासंघको ईतिहांसमा नै सबैभन्दा कमजोर नेतृत्व, हिसाब किताब पारदर्शी नभएको, सरकारी, गैरसरकारी र बैदेशिक रूपमा आउने प्रोजेक्टहरू नै फिर्ता गएको, सचिवालयका आफ्नै कर्मचारिहरूलाई तलब समेत खुवाउन नसक्ने गरि ईतिहांसमा नै कमजोर बनेको भन्दै राणालाईं आरोपका बाणहरू हानेका थिए ।
अहिले भने उनै गोल्छा र उनको समुहसंग लागेर आफ्नो कमजोरी लुकाउने स्वार्थमा पूर्वसहयोगीहरू माथि नै जाईलाग्नु राणाले मर्यादा र धर्मको समेत ख्याल नराखेको जिल्ला नगरका सदस्यहरूले निष्कर्ष निकालेका छन् । आफुलाई क्षमता नभएको भनेर बदनाम गर्ने पूर्बअध्यक्षहरूसँग लागेर राणाले आफ्ना सहकर्मीहरूलाई धोका दिनु उनकै लागि प्रत्युत्पादक बन्ने जिल्ला नगरका सदस्यहरू चर्चा गर्छन् ।
जस्ले राणाको बिरोध गरे उनिहरूसँगै मिल्नुले ठूलै भ्रष्टाचार र अनियमितताको चलखेल ढाकछोप गर्ने प्रपञ्च भईरहेको समेत एक स्थायी समिती सदस्यले ठोकुवा गरे ।

राणाले केही सञ्चार माध्यमहरूलाई समेत प्रभावमा पारेर आफुलाई महासंघमा स्थापित गराउने देखि अध्यक्ष बनाउन समेत काँध थाप्नेहरूकै बिषयमा ब्यक्तिगत देखि तथ्यहिन अतिरञ्जनाहरू फैलाउने काम गरिरहेको समेत खुल्न आएको छ ।
“सञ्चार माध्यममा आफ्ना कमजोरीहरू ुडाईभर्टु गर्न राणाले आफ्नै पूर्वसहयोगीहरूको असान्दर्भिक खोईरो खन्न लगाएको स्पष्ट छू महासंघका एक सदस्यले भने “यस्ले अन्तत राणाकै चरित्रलाई उदाङ्गो बनाउने छ ।”
आफ्नो गलत कर्मको ढाकछोप गर्न अरूको ब्यक्तिगत कुरा उचालेर बद्नाम गर्नु र एजेन्डा र छलफलको बिषय महासंघको हित अनुकुल नहुनुले आगामी साधारणसभा भिडन्तमा प्रबेश गर्ने अबस्था आएको स्थायी समिति तथा जिल्ला नगरका सदस्यहरू बताउँछन् ।