बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नै ऐतिहाँसिक र युगान्तकारी ठहर गर्दै नेकपाका युवा तथा बिधार्थीहरुले बृहत भेला तथा खबरदारी गरेका छन् । मोरङको बिराटनगरमा नेकपाका युवा नेता पर्शुराम बस्नेत लगायतका युवाहरुले प्रधानमन्त्री ओली बर्तमान नेपालका लागि युगपुरुष स्थापित हुने भन्दै अघि बढ्न नदिनेहरुलाई खबरदारी गर्दै सरकारको निरन्तरताका लागि आवाज उठाएका हुन् ।
नेकपाका युवा नेता बस्नेतले बर्तमान नेपालको विकास र समृद्धिमा सरकार अघि बढिरहँदा प्रधानमन्त्री ओलीलाई रोक्न खोज्नु जनतालाई धोका दिनु र देशप्रति गद्धार गर्नु हो भन्दै सरकार बिरुद्धको घेराबन्दी जसरी भए पनि निस्तेज पार्ने उद्घोष समेत गरेका छन्


ADVERTISEMENT


विकास र समृद्धिका लागि ५ बर्षलाई नेपाली जनताले प्रधानमन्त्री ओलीलाई देशको नेतृत्व सुम्पिएको भन्दै त्यसलाई रोक्न खोज्नु जनता प्रतिको गद्धारी हुने समेत युवा बिधार्थीहरुको निष्कर्ष छ । उनीहरुले ओलीलाई अघि बढ्न नदिनु ऐतिहाँसिक पार्टी एकतालाई कमजोर बनाउँदै कम्युनिष्ट राजनीतिलाई धराशाही बनाउने षड्यन्त्र समेत भएको भन्दै यस्लाई रोक्न ज्यानको समेत बाजि लगाउने नेताहरुले बताएका छन् ।
मूलुक राष्ट्रिय एजेन्डा र समस्याहरु सम्बोधनमा लागिरहेका बेला पार्टी नेतृत्वबाटै सरकारको गति रोक्ने प्रयत्नको युवा बिधार्थीहरुले कडा आलोचना गरेका छन् । सरकार सञ्चालनमा सहयोग गर्नुको साटो उल्टो बिरोध र ढाल्ने सम्मको प्रयासमा पार्टी नेतृत्व लाग्नु आत्मघाति हुने भन्दै उनीहरुले सचेत समेत गराएका छन् ।


ADVERTISEMENT

# # #


पार्टी नेतृत्व मिल्नुको बिकल्प नरहेको भन्दै उत्पन्न दरारलाई चाँडो टुँग्याउँदै विकास र समृद्धिको यात्रामा मुलुक हाँक्ने प्रधानमन्त्री ओलीको गतिमा साथै हिँड्न सबै पार्टी नेतृत्व र नेताहरुलाई युवा तथा बिधार्थी नेताहरुको सुझाब रहेको छ ।
युवा संघ नेपालका केन्द्रीय सदस्य रबिन थापा र अनेराश्ववीयुका केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भास्कर खनाल लगायतले पार्टी एकताका पक्षमा बोलेका थिए ।

पार्टी एकता जनताको भावना अनुसार दुबै अध्यक्षको नेतृत्वमा भएको भन्दै सोही स्प्रिट अनुसार दुबै अध्यक्ष चल्नका लागि युवा बिधार्थीहरुको माग रहेको छ ।
पार्टी एकताका पक्षमा लाखौं युवा बिधार्थीहरुले हस्ताक्षर अभियान चलाउँदै आन्दोलन अघि बढाउने संकेत समेत गरेका छन् ।