काठमाडौं- सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सीईओका लागि प्रक्रिया अघि वढाएको छ । त्यसका लागि परेका १२ आवेदन माथीको छानविन शुरु भएको अर्थमन्त्री संयोजकत्वको सिफारिस समितिका सदस्य गोविन्द नेपालले जानकारी दिनुभयो ।


ADVERTISEMENT


बोर्डको सीईओका लागि दरखास्त दिनेहरुमा सरकारी निकायका पदीय जिम्मेवारीमा रहेका अधिकारीदेखि बैंकर, पूर्व प्रशासक तथा चार्टर एकाउन्टेन सम्मका छन् । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ सुशील ज्ञवाली, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, विद्युत नियमन आयोगका पूर्व सदस्य रामकृष्ण खतिवडा, पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी पनि लगानी बोर्डको सीईओको प्रतिस्पर्धामा छन् ।


ADVERTISEMENT

# # #


अर्थमन्त्री डा युवराज खतिवडा संयोजकत्वको ३ सदस्यीय सिफारिस समितिले ३ जनाको नाम छनोट गरि मन्त्रिपरिषदमा पेश गर्नेछ । सोही आधारमा सरकारले नयाँ नियुक्ती गर्नेछ ।