काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपालकोआन्तरिक राजनीतिमा चीनियाँ राजदूतको पछिल्लो पटकको अस्वाभाविक सक्रियताले समग्र नेकपाको अन्धराष्ट्रवाद उदांगिएको आरोप लगाएका छन् । नेता महरले एउटा स्वतन्त्र,सार्वभौम राष्ट्र नेपालको आन्तरिक राजनीतिमा चीनियाँ राजदूतको पछिल्लो पटकको अस्वाभाविक सकृयताले समग्र नेकपाको अन्धराष्ट्रवाद उदांगिएको छ भने नेपाली जनताको स्वाभिमानी शीर निहुरिएको टिप्पणी गरेका हुन् ।


ADVERTISEMENT


नेपालको आन्तरिक राजनीतिमा उत्तर होस वा दक्षिणको कुनै पनि किसिमको हस्तक्षेप जनतालाई स्वीकार्य हुन नसक्ने उनको भनाई छ ।
एउटा स्वतन्त्र,सार्वभौम राष्ट्र नेपालको आन्तरिक राजनीतिमा चीनियाँ राजदूतको पछिल्लो पटकको अस्वाभाविक सकृयताले समग्र नेकपाको अन्धराष्ट्रवाद उदांगिएको छ भने नेपाली जनताको स्वाभिमानी शीर नीहुरिएको छ।, नेता महरले भनेका छन्, नेपालको आन्तरिक राजनीतिमा उत्तर होस वा दक्षिणको कुनै पनि किसिमको हस्तक्षेप जनता लाई स्वीकार्य हुन सक्दैन ।


ADVERTISEMENT

# # #


नेपाल कम्युनिस्ट पार्टीसंग भातृ सम्बन्ध कायम गरेर विदेश विभाग प्रमुख समेतको प्रतिनिधिमण्डल मार्फत नेकपालाई प्रशिक्षित गरेको र नेकपाको एकता अभियानमा समेत चीनियाँ कम्युनिस्ट पार्टीको योगदान रहदै आएको जगजाहेर नै रहेको बताउदैं नेता महरले चीनको कम्युनिस्ट पार्टी नै सरकार भएको स्मरण गराएका छन् ।