काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाका नेताहरुसंगको भेटलाई बाक्लो पारेकी छन् । यस्ले नेपालको राजनीतिमा उन्को अस्वाभाबिक हस्तक्षेप भन्दै सर्बत्र आलोचना भएको छ । यान्छीले आज बिहान नेकपा नेता झलनाथ खनालसँग डल्लुमा भेटवार्ता गरेकी छन् । खनाल र राजदूत होउबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।


ADVERTISEMENT


श्रोतका अनुसार राजदूत यान्छीले नेकपाभित्रको शक्ति संघर्षमा चासो राखेको र सोही बिषयमा लामो छलफल समेत भएको बुझिएको छ ।


ADVERTISEMENT

# # #


नेकपाभित्र विवाद बढेको बेला केही दिनयता चिनियाँ राजदूतको सक्रियता एकाएक बढेको छ । यसअघि उनले नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालसँग समेत भेटवार्ता गरिसकेकी छन् ।

नेकपा नेताहरूसँगको राजनीतिक भेटवार्ताहरुमा राजदूत होउले एकताबद्ध भएर अघि बढ्न दबाब दिने गरेको चर्चा छ । चिनियाँ राजदूतको सक्रियतालाई अधिकाँसले नेपालको आन्तरिक मामिलामा चीनको अनावश्यक चासो भन्दै सर्बत्र आलोचना भईरहेको छ ।