काठमाडौं । नेपालका लागि चिनिया राजदूत होउ यान्छीको राजनीतिक भेटघाट बढेसंगै यस्को सर्बत्र आलोचना भएको छ । अधिकाँस नेताहरुले यान्छीको नेता भेटभघाटको दौडधुपलाई नेपालको आन्तरिक मामलामा चीनको अनावश्यक हस्तक्षेप भन्दै्र सार्बजनिक रुपमै बिरोध जनाएका छन् ।


ADVERTISEMENT


सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुख तथा वरिष्ठ नेता माधवकुमार नेपाल, नेता झलनाथ खनाल लगायतका नेताहरुसंग यान्छीले प्रत्यक्ष भेटेर नेकपाको शक्ति संघर्षमा चासो राखेको खुलेको समेत छ ।


ADVERTISEMENT

# # #


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजदूत यान्छीको सक्रियतालाई ‘रिमोट कन्ट्रोल’को संज्ञासमेत दिएका छन् ।

‘चिनियाँ राजदूत सरकार बचाउन नेताहरूको घरमा पुग्छिन्’ पूर्वपरराष्ट्रमन्त्री थापा लेख्छन्, ‘के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित गर्छ ? राष्ट्रियता जोगाउन सक्छ ?’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेता धनराज गुरुङले पनि यान्छीको भेटघाटलाई कुर्सी बचाउने वा ढलाउने सन्दर्भमा टिप्पणी गरेका छन् । ‘चिनियाँ राजदूत नेताहरूको घरदैलोमा पुगेको खबर आएको छ’ गुरुङले ट्विटरमा लेखेका छन्, ‘जब नेपालको सरकार ढलाउने र बचाउने काम नै विदेशी राजदूतबाट हुने हो भने हाम्रो राष्ट्रियता कहाँ पुग्दैछ ? कुर्सी ढलाउन र बचाउन राष्ट्रियता नै तिलाञ्जलि ?’

‘यथार्थ के हो ठ्याक्कै भन्न गाह्रो छ । तर बाख्रा हराउनु र स्याल कराउनु सँगै भनेजस्तो चाहिँ भएको छ’ पूर्वराजदूत दिनेश भट्टराई भन्छन्, ‘राजदूतले हाम्रा नेताहरू भेट्नैहुँदैन भन्ने होइन । तर भेटको पृष्ठभूमि, सन्दर्भ र स्तरले अर्थ राख्छ ।’

सत्तारुढ नेकपाभित्र विवाद चरमोत्कर्षमा पुगेर प्रधानमन्त्री ओलीको राजीनामा समेत मागिएको सन्दर्भमा भएको यान्छीको भेटवार्तालाई आन्तरिक राजनीतिसँग अलग राखेर हेर्न नसकिने बिज्ञहरु बताउँछन् । जुनसुकै देशका कूटनीतिक प्रतिनिधिसँगको भेटवार्तामा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य राख्नुपर्ने भट्टराईको सुझाव छ ।

राजनीतिक विश्लेषक कृष्ण पोखरेल समेत हस्तक्षेप हो भने मान्य नहुने बताउँछन् । उनी भन्छन्, ‘निर्देशन दिएको हो भने सोह्रैआना गलत हो ।’