बिर्तामोड । इलाका प्रहरी कार्यालय अनारमनीले मास्क नलगाई हिड्नेलाई कारबाही शुरु गरेको छ ।


ADVERTISEMENT


कोरोना भाइसरको संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले मास्क नलाई घर बाहिर निस्कनेहरुलाई पक्राउ गर्न निर्देशन दिए लगत्तै प्रहरीले कारबाही प्रक्रिया शुरु गरेको हो । मंगलबार पहिलो दिन भएकाले सम्झाउने तथा मास्क लगाउन अनुरोध गरेको र भोलिबाट कानुनी कारबाही गर्ने इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।


ADVERTISEMENT

# # #


डीएसपी रिजालका अनुसार मास्क नलगाई हिडेका दुई सयभन्दा बढीलाई मँगलबार २० मिनेट होल्ड गरेर सम्झाउने काम गर्नुका साथै मास्क वितरण समेत गरिएको छ ।

सोमबार गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई नियन्त्रणमा लिन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको थियो ।