सिन्धुपाल्चोक — बुधबार राति साढे १२ बजे भोटेकोसीमा बाढी आएसँगै बाह्रबिसे नगरपालिका–५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १४ घर बगाएको छ । बाढीले बस्तीका ११ जना बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।


ADVERTISEMENT


स्थानीय २० वर्षीय निकेश बस्नेत र उनकी ३ वर्षीया छोरीको मृत्यु भएको हो । अझै नौ जना बेपत्ता छन्, उनीहरूको सेना र स्थानीय मिलेर खोजी गरिरहेका छन् ।


ADVERTISEMENT

# # #


अरनिको राजमार्गको ड्याम, जुरे, साधीखोल्सा, जलेटार ब्यारेकमुनिको भाग, बाह्रबिसे इप्रका चौकीछेउ, खाग्दलदेखि जम्बु बजारसम्मको वरिपरिको सडक र पुल सबै खोलाले बगाएपछि जनजीवन अस्तव्यस्त बनेको छ । बाह्रबीसे बजारछेउको ढिस्को खस्न थालेपछि तटीय क्षेत्रका स्थानीय त्रासमा छन् ।