एजेन्सी- मन्त्रिपरिषद बैठकमा नै विरामी परेका आइभरी कोष्टका प्रधानमन्त्री अमाडौ गोन काउलीबलीको ६१ वर्षको उमेरमा निधन भएको छ ।


ADVERTISEMENT


आगामि अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनका लागी काउलीबली प्रमुख दाबेदार हुनुहुन्थ्यो । फ्रान्समा दुइ महिना लामो मुटु सम्बन्धी उपचार पछि हालै आइभरी कोष्टका प्रधानमन्त्री मुलुक फर्कनुभएको थियो ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद बैठकमा स्वास्थ्यमा समस्या आएपछि काउलीबलीलाई अस्पताल लगिएको थियो । प्रधानमन्त्रीको निधन पछि आइभरी कोष्टमा हुने निर्वाचन समेत अन्यौल बनेको छ ।