काठमाडौं – नेकपाको विवाद मिलाउने नाममा कुटनीतिक आचारसंहिता विपरित नेताहरुको घरघर पुगेकी चिनियाँ राजदुत होउ यान्छीलाई दुतावासमै बस्न यूवा विद्यार्थीहरुले सचेत गराएका छन्।


ADVERTISEMENT


चिनियाँ दुतावास अगाडी विरलै देखिनै प्रदर्शनमा मंगलवार पनि उल्लेख्य सहभागिता त थिएन तर उनीहरुले दिएको सन्देश भने लामोसमयसम्म सम्झिने खालको थियो। नेपाली राजनीतिमा दुतावासहरुको हस्तक्षेपको बारेमा टिप्पणी मात्र भइरहँदा थोरै मात्रामा भएपनि विरोधमा उत्रिएका प्रदर्शनकारीहरु भने उत्साहित देखिन्थे।


ADVERTISEMENT

# # #


कुटनीतिक आचारसंहिता विपरित नेपाली नेताहरुसँग भेट्नु अनि नेपाली नेताहरुले पनि आफ्नो हैसियत विर्सेर चिनियाँ राजदूतसँग भेटेपछि अहिले सर्वसाधारणले पनि सो कार्यको विरोध जनाउँदै आएका छन्। सामाजिक संजालमा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि यसको विरोध जनाएका छन्।

नेपालको आन्तरिक मामिलामा समेत चासो नहुनुपर्ने राजदुतले दल विशेषको आन्तरिक राजनीतिमा प्रवेश गर्नु सुहाउने विषय नभएको प्रदर्शनकारीहरुको भनाई थियो।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै युवाहरुले ‘गो ब्याक चाइना’ लगायतका प्ले कार्ड बोकेर दूतावास अगाडि प्रदर्शन गरेका हुन्। उनीहरुले राजदुत यान्छीको तस्विरमा क्रस समेत गरेर प्लेकार्ड प्रदर्शन गरेका थिए।