धम्बोझी – वर्षाका समयमा मानवीय तथा भौतिक क्षति हुन नदिन जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाले पूर्वाभ्यास गरेको छ ।


ADVERTISEMENT


बाढीका कारण हुन सक्ने मानविय तथा भौतिक क्षति रोक एवं खोज तथा उद्धारलाई प्रभावकारी बनाउने उदेश्यका साथ यस वर्ष पनि बबई नदीमा पूर्वउद्धाराभ्यास गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT

# # #


जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र तथा सुरक्षा निकायमा रहेका रबर बोट, खोज तथा उद्धार सामग्रीको प्रयोग गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा विपद्सम्बन्धी पूर्वाभ्यास गरिएको प्रशासकीय अधिकृत नारायणप्रसाद ढकालले जानकारी दिए ।

प्युठान – अविरल वर्षासँगै आएको बाढीपहिराबाट नागरिक जोखिममा पर्न सक्ने सम्भावनालाई ध्यानमा राखी उद्धार गर्ने अभ्यासका लागि यहाँ संयुक्त सुरक्षा फौजले नमुना प्रदर्शन गरेका छन् ।

प्युठान नगरपालिका–४ बिजुवारस्थित झिमरुक नदीमा नेपाली सेना र सशस्त्र प्रहरीले आज नमूना प्रदर्शन गरेका हुन् । वर्षायाममा बाढीपहिराका कारण जोखिम बढ्दै जान थालेसँगै नागरिकको उद्धारार्थ अभ्यासको नमूना प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी तथा विपद् व्यवस्थापन समितिका संयोजक कृष्णप्रसाद पन्थले जानकारी दिए ।

प्यूठान नगरपालिका–४ विजुवारस्थित झिमरुक नदीमा विपत् व्यवस्थापनको डेमो गर्दै सशस्त्र प्रहरी र नेपाली सेना । टीकाराम पोखरेल-रासस

गाउँमा उपलब्ध हुन सक्ने साधन प्रयोग गरी बनाइएको ड्रम, गाडीका पाङ्ग्राका ट्युब, डोरीलगायत सामग्री प्रयोग गरी बाढीले बगाएको र पहिरामा परेका व्यक्तिको उद्धारको नमूना प्रदर्शन गरिएको हो ।