काठमाडौं – कोरोना भाइरसको स्रोत पत्ता लगाउन विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को टोली चीन गएको छ ।


ADVERTISEMENT


समाचार संस्था रोयटर्सका अनुसार चीन गएको विशेषज्ञको समूहमा दुई सदस्य छन् । उनीहरुले चीनका वैज्ञानिकहरुसँग मिलेर अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


डब्लूएचओले सुरु देखि नै कोरोना भाइरसको उत्तपति कसरी भयो पत्ता लगाउन चीनलाई सहयोग गर्न आग्रह गर्दै आएको थियो । चीनको वुहान सहरस्थित एक मासु बजारबाट कोरोना भाइरसको उत्पत्ति भएको चीनले पनि स्वीकार गरिसकेको छ ।

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने चीनले ल्याबबाट कोरोना भाइरस उत्पत्ति गरेको आरोप लगाउँदै चिनिया भाइरस भन्दै आएका छन् ।