झापा- अविरल बर्षाका कनकाई नदीमा आएका बाढीले ८० घर डुबानमा परेको छ । झापा गाउँपालिका १ स्थित मिलन बस्तीका ४० घर, , गौरीगञ्ज गाउँपालिका १ होकलबारीका ३० घर र शिवसताक्षी नगरपालिका ६ का १० घर डुबानमा परेका हुन् ।


ADVERTISEMENT


भारी बर्षाका कारण कनकाईमा आएको बाढी शनिबार रातिदेखि मिलनबस्तीमा पसेको हो । बस्तीमा ८२ घरपरिवारको बसोबास छ । उनीहरुमध्ये ४० घर डुबानमा परेकाले ती घरका सबै परिवारलाई सुरक्षित स्थानमा सारिएको वडाध्यक्ष राजकुमार यादवले जानकारी दिए । डुबानमा परेका परिवारका सदस्यलाई नजिकैको रघु टोलमा ल्याएर राखिएको उनले बताए । कनकाईको बाढीले वडाको सालमारामा १५० घर, लसुनगञ्जमा ५० घर र सितुमारीमा ४० घर डुबानको उच्च जोखिममा रहेको वडाध्यक्ष यादवले बताए ।


ADVERTISEMENT

# # #