एजेन्सी- चीनमा बस्ने आफ्ना नागरिकलाई हिरासतमा लिने खतरा रहेको भन्दै अमेरिकाको गृहमन्त्रालयले सुरक्षा सम्बन्धी एक सुचना जारी गरेको छ । दुई मुलुकबीच कोरोना भाइरस महामारी, हङकङ मुद्दा तथा उइगुर मुस्लिम विषयका कारण तनाव चर्किएको अवस्थामा चीनले अमेरिकी नागरिक माथि धरपकड गर्न सक्ने अनुमान ह्वाईट हाउसको हो । सुरक्षा सतर्कताको सुचना जारी गरेको अमेरिकी गृहमन्त्रालयले अमेरिकी नागरिक माथि अनावश्यक पुछताछ र हिरासतका घटना हुने जनाएको छ ।


ADVERTISEMENT


अमेरिकी नागरिकले कुनै पनि सन्देश अमेरिका पठाउन खोजेको खण्डमा समेत चीन सरकारले चासो देखाउने गरेको । दुई मुलुकबीचको सम्बन्ध पछिल्लो केही महिनामा अत्यन्त खराब भएको अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बताउनुभएको छ ।


ADVERTISEMENT

# # #


चीनले भने अमेरिकी हरेक विषयमा हस्तक्षेपकारी भएको आरोप लगाउने गरेको छ ।