काठमाडौँ – आगामी कात्तिक देखि लागू हुने भनिएको विदेशी टेलिभिजन च्यानल विज्ञापन रहित (क्लीनफीड) नीति साउन १ गतेदेखि लागू गर्न सम्बन्धित सरोकारवालाहरुले माग गरेका छन् ।


ADVERTISEMENT


आइतबार सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडालाई ज्ञापन पत्र बझाउँदै नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन संघ (आन), ब्रोडकास्टिंग एशोशिएशन अफ नेपाल (बान) र सामुदायिक रेडियो प्रसारक संघ (अक्युराव)ले क्लिन फीड नीतिलाई नयाँ आर्थिक वर्ष अर्थात् श्रावण १ गतेदेखि नै लागु गर्न माग गरेका हुन् ।


ADVERTISEMENT

# # #


भारतीय समाचार च्यानलले नेपाल नेपाली जनताका बारेमा पत्रकारिताका मान्यतालाई कुल्चिँदै कपोलकल्पित, दुराशयपूर्ण एवं भ्रामक समाचार प्रकाशित र प्रसारित गरिरहेकाले त्यसलाई हदैसम्म रोक्न साउन १ गतेदेखि नै क्लीनफीड लागू गर्न माग गरेका हुन् ।

‘दुष्प्रचारयुक्त सामग्रीहरुले सदियौंदेखि दुई देशका जनताबीच रहेको आपसी सद्भावमा प्रतिकूल प्रभाव पार्न सक्ने परिस्थिति पनि सृजना हुंदै गएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ, ‘त्यसलाई धेरै हदसम्म रोक्नका लागि पनि आगामी कार्तिक ८ गतेदेखि लागु हुने भनिएको क्लिन फीड नीतिलाई नयां आर्थिक बर्ष अर्थात् श्रावण १ गतेदेखि नै लागु गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने हामी सबैको ठहर छ ।’

विदेशी च्यानललाई विज्ञापनरहित गर्नु आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम रहेको सरोकारवालाहरुको ठहर छ ।