काठमाडौं । नेपाल तरूण दलले बाढीपहिरो प्रभावित जिल्लाका तरूण कार्यसमितिलाई बाढीपहिरोपीडितको उद्धार तथा राहतमा जुट्न निर्देशन दिएको छ।


ADVERTISEMENT


अध्यक्ष जितजंग बस्नेतले सोमबार गरेको परिपत्रमा स्थानीय प्रशासन र तहहरूसँग समन्वय गरी पहिरो प्रभावित जिल्लामा जनतालाई सहायता वितरण, उद्धार र पुर्स्थापनाका काममा सक्रिय हुन निर्देशन दिएका छन्।


ADVERTISEMENT

# # #


कोरोनाबाट बच्न अपनाउनुपर्ने सजकता, प्राकृतिक विपद् र जोखिम व्यवस्थापनको सम्बन्धमा समुदायहरूमा सचेतनामुलक कार्यक्रम गर्न पनि तरण दलले निर्देशन दिएको हो।

वीपी स्मृति दिवस भव्य रूपले मनाउन पनि अध्यक्ष बस्नेतले आग्रह गरेका छन्। कार्यक्रमहरूमा सहभागी हुँदा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न पनि तरूण दलले आग्रह गरेका छन्।

तरूण दलले कोरोना प्रभावित जिल्लाका क्वारेन्टाइनहरूमा सरसफाइ, शुद्ध खानेपानी वितरणजस्ता कार्यहरू गर्नेरगराउने र यस सम्बन्धी सचेतना फैलाउन पनि जिल्लास्थित तरूण कार्यसमितिलाई परिपत्र गरेको हो।