काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) निको भएर पछिल्लो २४ घण्टायता १ हजार ७०५ जना डिस्चार्ज भएका छन् ।


ADVERTISEMENT


यो नेपालमा एकैदिन कोरोना जित्नेको आजसम्मकै उच्च संख्या हो । यसअघि गत असार १७ गते १४६२ जना कोरोना निको भएका थिए ।


ADVERTISEMENT

# # #


यसरी आजसम्म नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या १०२९४ पुगेको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १६ हजार ९४५ रहेको छ । आज मात्रै १४४ जना संक्रमित थपिएका छन् ।