नवलपरासी- अविरल झरीले नवलपरासीको दाउन्नेमा पहिरो खस्दा आज विहान ४ बजेबाट महेन्द्र राजमार्ग अवरुद्ध भएको छ । त्यहाँ रुख ढलेर २ वटा गाडि च्यापिएका छन् । मानवीय क्षती भने भएको छैन । रुख ढलेर ट्रक र एउटा स्र्कापियो गाडि च्यापिएका हुन् ।


ADVERTISEMENT


सई प्रेम श्रेष्ठका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि सयौं गाडी दाउन्नेमा अलपत्र परेका छन् । पहिरो हटाउने डोजर बोलाइएको छ । मसिनो झरी परिरहेकाले पहिरो खस्ने क्रम बढ्दो छ ।


ADVERTISEMENT

# # #


सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–५, चर्चरे नजिकै पनि बिहान पहिरो खसेको छ । सडक चौडा गर्ने क्रममा घुम्ती कटान गरेको स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ । पहिरो पन्छाउने प्रयास जारी छ ।