काठमाडौं । अविरल वर्षका कारण आएको बाढी र पहिरोले सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे नगरपालिका वडा नं.८ स्थित जम्बु बजारमा ठुलो जनधनको क्षति भएको छ।
क्षतिग्रस्त स्थानमा पुरिएका व्यक्तिहरु मध्ये २ जनाको शव फेला परेको छ। १८ जना वेपत्ता छन् भने झण्डै ७ घर परिवार घरवारविहीन भएका छन् ।


ADVERTISEMENT



उक्त स्थानमा ज्यान गुमाएका ,बेपत्ता भएका र घरवारविहीन भएका परिवारका सदस्यहरुको दुस्खको घाउमा मल्हम लगाउने प्रयास स्वरुप मानवीय सेवाका साथ राहात सामाग्री उपलब्ध गराउन राष्ट्रिय युवा संघ,नेपालका नेता  किरण पौडेल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।


ADVERTISEMENT

# # #



जिम्मेवार नागरिकको दायित्व पूरा गर्न सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको आव्हान र (नेकपा)ले आफ्ना कार्यकर्तालाई गरेको निर्देशन पुर्ण पालना गर्न राष्ट्रिय युवा संघ,नेपालका नेताहरु  किरण पौडेल ,रमेश आचार्य ,क्षितिज थेवे,अशोक चौलागाईं ,रामजी सापकोटा ,महेश चौलागाईं र नानिराम तिवारीको पहलकदमी र सिन्धुपाल्चोक का स्थानीय नेताहरु क.डुप छिरिङ तामाङ र सुरेन बमजनको समन्वयमा बाह्रबिसे नगरपालिका उप-प्रमुख शुशिला पाख्रीन मार्फत ३० के.जी. का १०० बोरा र २५ के.जी. का ५ बोरा गरि जम्मा १०५ बोरा चामल राहात स्वरुप उक्त स्थानका बाढी-पहिरो पिडित परिवारलाई हस्तान्तरण गरेका थिए।

केहि तस्बिरहरु