जनकपुर- प्रदेश २ मा बाढी पहिरोबाट भएका क्षतिको अगुमन गर्दै पीडितलाई राहत लगायत व्यवस्थापनको लागि प्रदेश सरकारले मन्त्री स्तरीय विपद अनुगमन व्यवस्थापन समिति गठन गरेको छ ।  प्रदेश २ को मन्त्रिपरिषद बैठकले भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।


ADVERTISEMENT


समितिमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव र उद्योग वन पर्यटन तथा संस्कृति मन्त्री राम नरेश राय सदस्य रहेका छन् ।सो समितिलाई हालै प्रदेशको आठ वटै जिल्लमा आएको बाढीबाट भएको क्षतिहरुको स्थलगत निरीक्षण र अनुगमन गरी पीडितलाई उपलब्ध गराउनु पर्ने राहत तथा अन्य मर्मत सम्भार जस्ता कार्यहरुको सिफारिस प्रदेश सरकारलाई गर्ने जिम्मेवारी दिइएको छ । समितिले गरेको सिफारिसको आधारमा प्रदेश सरकारले पीडित परिवारहरुलाई राहत उपलब्ध गराउने छन् ।


ADVERTISEMENT

# # #