काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएको मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीले लकडाउन अवधिमा हराएका २५ वटा मोटरसाइकल फेला परेको जनाएको छ ।


ADVERTISEMENT


सो मोटरसाइलक मंगलबार सम्बन्धित धनीलाई जिम्मा लगाइएको महाशाखा प्रमुख एसएसपी भिमप्रसाद ढकालले बताए  । उपत्यकाको बालाजु, बसुन्धारा, मण्डिकाटार, नयाँ बजार, ठमेल, सरस्वति नगर, सामाखुसी, ठमेल, चावहिल, कलंकी, ग्रीनल्याण्ड, हात्तीगौडा, बौद्ध, ठमेल, जरफु, टोखा, बाँनियाटार, टिचिङ अस्पताल, गौरीधारा, कोटेश्वर, कुमारीपाटी र गोकर्णेश्वर लगायत स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी धनीलाई बुझाइएको उनले बताए ।


ADVERTISEMENT

# # #


महाशाखाले चालू आर्थिक वर्ष ०७६/७७ मा हराइएका ३ सय ६८ वटा मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा बुझाएको जनाएको छ । चोरीमा संलग्न ३७ जनालाई पक्राउ गरेर कारबाही थालेको समेत एसएसपी ढकालले बताए ।