पाल्पा — सिद्धार्थ राजमार्गमा खसेको पहिरो तीन दिनदेखि पन्छाउन सकिएको छैन । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका दोभान बजार नजिकै तीन दिनअघि खसेको पहिरो पन्छाउन अझैसम्म नसकिएको हो ।


ADVERTISEMENT


दोभान प्रहरी चौकीदेखि सय मिटर दक्षिणतर्फ पहिरोसँगै खसेको ठूलो ढुंगा फुटाउन कठिन भएकाले सडक खुलाउन नसकिएको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरले बताए । सडक डिभिजनले समयमै ब्रेकर नपठाएको र डोजरले पनि काम नगर्दा खुलाउन ढिलाइ भएको हो ।


ADVERTISEMENT

# # #


सडक डिभिजनले तीन वटा डोजर, एक्स्काभेटर, लोडर तयारी अवस्थामा रहेको दाबी गरे पनि समयमा व्यवस्थापन गर्न नसक्दा यात्रुले सास्ती खेप्नु परेको छ । पाल्पातर्फबाट गएका सवारी साधन दोभान, भूतखोलातर्फ नै रोकिएको छ । सडक डिभिजन कार्यालयका सूचना अधिकारी शिवु खत्रीले काम जारी रहे पनि ढुंगा ठूला भएकाले पन्छाउन समस्या भएको बताए । उनका अनुसार ब्रेकरले ढुंगा फोर्न नसकिएकाले समस्या भएको हो ।