काठमाडौँ — विशेष अदालतले १० रुपैयाँको पोलिमर नोट छपाइमा भ्रष्टाचार गरेको अभियोग लागेका पूर्वगभर्नर तिलक रावलसहित तीन जनालाई सफाइ दिएको छ । अध्यक्ष शिवराज अधिकारी र सदस्यहरू बालेन्द्र रूपाखेती अनि शान्तिसिंह थापाको इजलासले ‘प्रमाणको अभाव’ भन्ने आधारमा उनीहरूलाई सफाइ दिएको हो ।


ADVERTISEMENT


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० रुपैयाँको पोलिमर नोट छपाइमा अनियमितता भएको आरोपमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावल, राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौड्याल र मे फ्लावर लिमिटेडका नेपाल एजेन्ट हिमालयबहादुर पाण्डेविरुद्ध २०७५ पुस ५ मा ९१ लाख ९ हजार ८ सय ८९ रुपैयाँ बिगो मागदाबी गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।


ADVERTISEMENT

# # #