काठमाडौँ – यति एरलाइन्स र तारा एरलाइन्सको प्रमुख कार्यकारी अधिकृतमा अनोज रिमाल नियुक्त भएका छन् । विगत २६ वर्ष देखि हवाई उड्डयन क्षेत्रमा कार्यरत अनोज रिमाललाई यति ग्रुप अफ कंम्पनिले ४ वर्षका लागी नियुक्त गरेको हो ।


ADVERTISEMENT


व्यवस्थापनमा स्नातककोत्तर (एम.वि.ए.) गरेका रिमाल यस अघि यति ग्रुप अफ कम्पनिको समूह निर्देशकका रुपमा कार्यरत थिए। सन् १९९८ मा स्थापित यति एयरलाईन्स नेपालको निजी विमानसेवा कम्पनी हो । तारा एरलाइन्स भने यतिकै भगिनी संस्था हो।


ADVERTISEMENT

# # #


यति एयरलाइन्सले काठमाडौं, भैरहवा, पोखरा, जनकपुर, भरतपुर, नेपालगञ्ज, तुम्लिङ्टार, भद्रपुर, विराटनगर र पर्वतीय उडान भर्दै आएको छ ।
यतिले हाल १० वटा विमान मार्फत उडान भर्दै आएको छ। यतिसंग हाल ५ वटा एटीआर र ५ वटा जेट स्ट्रिम विमान छ।

त्यस्तै तारा एयरले नेपालको दुर्गम भागमा उडान गर्ने गर्छ । जसमा लुक्ला, सिमिकोट, जोमसोम, डोल्पा, मुगु, बाजूरा ,हुम्ला, जुम्ला ,लामीडाँडा र ताप्लेजुङ लगायतका दुर्गम पहाडी भेग रहेका छन् । ताराले हाल ४ वटा ट्विनअटर मार्फत उडान भर्दै आएको छ।