काठमाडौँ – सार्वजनिक यातायात व्यवसायीले सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।


ADVERTISEMENT


बिहीबार प्रचण्ड निवास खुमलटार पुगेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ अखिल नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल यातायात मजदुर संघको संयुक्त कार्यदलले प्रचण्डलाई भेटेको हो ।


ADVERTISEMENT

# # #


भेटमा व्यवसायीले कोरोना महामारीबाट सिर्जित वर्तमान परिस्थितमा सार्वजनिक यातायात सञ्चालनमा लागि सहज वातावरण बनाइ दिन प्रचण्डसँग अनुरोध गरेका हुन् । उनीहरुले श्रमिक र व्यवसायीहरुका जायज आवश्यकताका विषयमा समेत प्रचण्डलाई ध्यानाकर्षण गराएका छन् ।

जवाफमा प्रचण्डले यातायात व्यवसायीका जायज कुराहरुलाई मनन गर्दै नेपाल सरकारद्वारा सम्बोधन गराउनको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।