काठमाडौँ – नेपाल टेलिकमले जीएसएम तथा सीडीएमए पोस्टपेड मोबाइल र एफटीटीएचमा विभिन्न अफरहरु उपलब्ध गराएको छ । यी अफरहरु आज (मिति २०७७ साउन १ गते) देखि नै लागु हुने छन् ।


ADVERTISEMENT


कम्पलीले फाइबर टु द होम अर्थात एफटीटीएचलाई डाटा र कम्बो प्याक गरी थप ग्राहकमैत्री बनाइएको जनाएको छ ।


ADVERTISEMENT

# # #


डाटा प्याक योजना अन्तर्गत २० र ५० एमबीपीएसका एक महिना, तीन महिना र १२ महिनाका लागि विभिन्न दरका प्याकहरु उपलब्ध गराइएका छन् । जसमध्ये २० एमबीपीएसको एक महिनाको प्याकको मूल्य १२ सय, तीन महिनाको रु. ३६ सय र १२ महिनाको रु. १४ हजार ४ सयमा उपलब्ध हुनेछ ।

यस्तै ५० एमबीपीएसको एक महिनाको प्याक रु. १८ सय, तीन महिनाको रु. ५ हजार ४ सय र १२ महिनाको रु. २१ हजार ६ सय मा उपलब्ध हुनेछ ।

यस्तै कम्बो प्याक अन्तर्गत १५, २५ र ६० एमबीपीएसको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध गराइएका छन् । जसमध्ये १५ एमबीपीएसको एक महिनाको प्याक रु. १ हजार, तीन महिनाको रु. ३ हजार र १२ महिनाको रु. १२ हजारमा उपलब्ध हुनेछ । २५ एमबीपीएसको एक महिनाको प्याक रु. १५ सय, तीन महिनाको रु. ४ हजार ५ सय र १२ महिनाको रु. १८ हजारमा उपलब्ध हुनेछ ।

यसैगरी ६० एमबीपीएसको एक महिनाको प्याक रु. २ हजार, तीन महिनाको रु. ६ हजार र १२ महिनाको रु. २४ हजारमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।