काठमाडौं । निर्माता रोज राणाले चलचित्र ‘खलनायक २’को छायांकनको तयारी थाल्ने भएका छन् । उनले, भदौबाट चलचित्रको छायांकन सुरु गर्ने बताए ।


ADVERTISEMENT


रोजले भने–‘हामीले संझौता गरेका कलाकार र प्राविधिकहरुले काम छाड्छौ भन्न थालिसकेका छन् । अब, काम सुरु गर्नुपर्छ । भदौसम्ममा सरकारले पनि मापदण्ड बनाएर छायांकनको अनुमति दिन्छ भन्ने विश्वास छ ।’


ADVERTISEMENT

# # #


‘खलनायक २’को खलपात्रमा निर्माता रोज राणाले आफै अभिनय गर्दैछन् । चलचित्रका लागि एक नयाँ र एक पुराना नायक लिने उनले बताए । कलाकार लगभग पक्का भएको भन्दै रोजले केही दिनमै सार्वजनिक गर्ने सुनाए ।

‘खलनायक २’को निर्देशन निर्देशक गोविन्द सिंह भण्डारीले गर्दैछन् । चलचित्रको सम्पूर्ण तयारी सकेर बसेपनि कोभिड – १९ का कारणले काम सुरु गर्न नसकिएको रोजले बताए ।

रोजका अनुसार ‘खलनायक’मा नायक राजेश हमालले निर्वाह गरेको भूमिकाका लागि भने कलाकार तय गरिएको छैन ।