काठमाडौं – पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल संक्रमितको अनुपातमा पुरुष ८७ प्रतिशत र महिला १३ प्रतिशत रहेको छ ।


ADVERTISEMENT

# # #


हाल ५८७१ जना सक्रिय संक्रमित रहेका छन् । पछिले २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६८८ जनाको पीसीआर टेस्ट भएको छ ।

हाल क्वारेन्टिनमा २२ हजार ७५६ जना रहेका छन् भने ५ हजार ८७१ जना आइशोलेसनमा रहेका छन् ।

कुल संक्रमित मध्ये ४० जनाको मृत्यु भएको छ । हालसम्म ११ हजार ५३४ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार यो कुल संक्रमितको ६६.१२ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा २८५ जना निको भएका छन् ।