काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिक वडा नं. १ स्थायी ठेगाना भएका ७३ वर्षीय पुरुषको बिहीबार राती कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती मृतक डायबेटिज तथा मुटुका बिरामी थिए । उनको यसअघि नै मुटुमा स्टेन्ससमेत राखिएको थियो ।


ADVERTISEMENT

# # #


उनी असार ३१ गते बेलुका खोकी, ज्वरो तथा श्वास प्रश्वासमा समस्या भए पनि सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको प्रवक्ता डा. गौतमले बताए । स्वाब संकलन गरेर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा साउन १ गते (हिजो) राती १०ः१५ बजे निधन भएको थियो ।

यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १७ हजार ४४५ रहेको छ । आज मात्रै १०१ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये ११ हजार ५३४ जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा २८५ जना उपचार पछि निको भएका छन् ।