दुनै, डोल्पा– ठूलीभेरी नदीमा ट्र्याक्टर पल्टिँदा चालकसहित फसेका दुई जनाको जीवितै उद्धार गरिएको छ ।


ADVERTISEMENT


ठूलीभेरी नगरपालिका–३ स्थित लामालोटेमा ढुंगासहितको रा१त ७४८१ नंको ट्र्याक्टर नदी पार गराउने क्रममा बीच नदीमा पल्टेको प्रहरीले जनाएको छ । यही भदौ १९ गते साँँझ सवा ६ बजेतिर नदीमा ट्र्याक्टर पल्टेपछि सवार तीन जना बेपत्ता भएको खबर प्राप्त भएलगत्तै कालीदत्त गुल्म सुलिगाड, भगवती दल गुल्म भदालेका सैनिक र जिप्रका डोल्पाको प्रहरीसहितको टोलीले जीवितै उद्धार गरेको हो ।


ADVERTISEMENT

# # #


उद्धार गरिएकामा रुकुम जिल्ला स्यालापाखा गाउँपालिका–४ निवासी ट्र्याक्टर चालक २१ वर्षीय कानरबहादुर कामी तथा सल्यान जिल्ला कुमा गाउँपालिका–४ निवासी १७ वर्षीय टीकाराम बिसी र ५३ वर्षीय जनक बिसी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेरीमा पानीको बहाव उच्च भएकाले ट्र्याक्टर नदीबाट झिक्न नसकिएको भगवती दल गुल्मका गुल्मपति सौगात सिंखडाले जानकारी दिए ।