काठमाडौँ– एएफसी एसिया कप २०१९ को छनोट फुटबल अन्तरगत ताजकिस्तानविरुद्धको खेलमा नेपाल पछि परेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा पहिलो हाफको खेलको समाप्तिमा नेपाल २–० ले पछि परेको हो ।


ADVERTISEMENT


२६ औं मिनेटमा पहिलो गोल खाएको नेपालले त्यसको चार मिनेटपछि नै अर्को गोल खान पुगेको थियो । कर्नर प्रहारलाई झालिलोभ मानुचेहरले पोष्टको दिशा दिएका थिए । ३० औं मिनेटमा कमजोर डिफेन्सको फाइदा उठाउदै भासिभले ताजकिस्तानको अग्रता दोब्बर बनाए ।


ADVERTISEMENT

# # #


विराज महर्जनको कप्तानीमा मैदान उत्रिएको नेपालले रोहित चन्द, भरत खवास, नवयुग श्रेष्ठ, अनन्त तामाङ, बिशाल राइ, अन्जन बिष्ट, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ र पहिलो रोजाईका गोलकिपर किरण चेम्जोङलाई प्लेईङ सेटमा उतारेको थियो । यद्यपी ३९ औं मिनेटमा नवयुगको स्थानमा नेपालले बिमल घर्ती मगरलाई मैदान छिराएको छ ।

फिफा बरियतामा नेपालभन्दा १८ स्थान माथि रहेको ताजकिस्तानविरुद्धको खेलले एसिया कपमा छनौटका लागि आधार तयार हुनेछ । युएईमा सन् २०१९ मा आयोजना हुने प्रतियोगीतामा छनौटको सम्भावना कायमै राख्न नेपाललाई घरेलु मैदानमा हुने यो खेल महत्वपुर्ण छ । बिश्व वरियातामा नेपाल १ सय ६९ औं र ताजकिस्तान १ सय ५१ औं स्थानमा छ ।

फिलिपिन्स, यमन, नेपाल र ताजकिस्तान रहेको समुह एफमा नेपाल १ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने ताजकिस्तान अंकबिहिन छ । फिलिपिन्सविरुद्धको खेलमा ४–० ले पराजित भएको नेपालले यमनसँग भने गोल रहित बराबरी खेल्दै अंक बाढेको थियो ।