हेटौंडा – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले ल्याएका नीति तथा कार्यक्रम र बजेटलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मन्त्रीहरुसँग सम्झौता गरिएको बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार मुख्यमन्त्री कार्यालयमा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालसँग कार्यसम्पादन कारारपछि मुख्यमन्त्री पौडेलले प्रदेश सरकारका कार्य अघिल्ला वर्षहरुमा भन्दा आगामी आर्थिक वर्षमा चुस्त हुने विश्वास व्यक्त गरे । प्रदेशले नयाँ अभ्यासको थालनी गरेको मुख्यमन्त्री पौडेलले दावी गरे । सङ्घीय सरकारले शुरु गरिसकेको अभ्यास प्रदेश सरकारले पहिलो पटक गर्न लागेको उनको भनाइ थियो  ।


ADVERTISEMENT

# # #


प्रदेश सरकारले निर्धारण गरेको नीति, कार्यक्रमलाई सम्बोधन गर्नेगरी एक वर्षको काम गर्ने प्रतिबद्धतालाई पूर्णरुपमा कार्यान्वयन गर्न दुईतर्फी प्रतिबद्धता जनाइएको मुख्यमन्त्री पौडेलले बताए । रासस