पाल्पा — सिद्धार्थ राजमार्गमा फेरि पहिरो खसेपछि शुक्रबार रातिदेखि यातायात अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुलनजिकै फेरि ठूलो पहिरो खसेको हो । सोही पहिरोमा फसेको लु १ क ११७५ नम्बरको ट्रकलाई पहिरोले पुरेको छ ।


ADVERTISEMENT


सामान्य पहिरो खस्न थालेपछि ट्रक बचाउन ब्याक गर्ने क्रममा सडक छेउको नालीमा फसेपछि पुन: पहिरो खसेर पुरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । सडक सुचारु गर्न तानसेनतर्फबाट डोजर लगाइसकिएको छ भने झुम्साबाट अर्को डोजर मगाएको सडक डिभिजन पाल्पाले जनाएको छ । पहिरो ठूलो भएकाले पन्छाउन दिनभर लाग्ने प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #