काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको कोरोना अनुगम समितिले समाजका विभिन्न वर्ग, समूदाय, संघसंस्था र जनतासँग प्रत्यक्ष अन्तरक्रिया र संवाद गर्न थालेको छ ।


ADVERTISEMENT


कोरोना महामारीका कारण नेपालमा परेको प्रभाव र उपयुक्त समाधानको निष्कर्ष निकाले पार्टी र सरकारलाई सुझावसहितको प्रतिवेदन पेश गरिने र सरकारलाई आवश्यक दबाब दिइने कुरा समितिका सदस्य नैनसिंह महरले बताए ।


ADVERTISEMENT

# # #


पार्टीका सहमहामन्त्री प्रकाशशरण महत संयोजक रहेको समितिमा केन्द्रीय सदस्यहरु एनपी साउँद, चन्द्र भण्डारी, मोहन बस्नेत, गगन थापा, गुरुराज घिमिरे, डीना उपाध्याय, जीवन परियार, दिव्यराज भण्डारी नैनसिंह महर, प्रभू बुढाथोकी, पोषराज पाण्डे रहेको छन् ।

विभिन्न अनुभव हासिल गरेका नेता र विभिन्न क्षेत्रका विज्ञहरु समेटिएको उक्त अनुगमन समितिले आफ्नो जिम्मेवारी पूरा गर्न सक्रियताका साथ आफ्नो काम अघि बढाएको नेता महरले जानकारी दिए ।

कांग्रेसले कोरोना अनुगमन समितिले निकालेको निष्कर्ष पछि त्यसै अनुसारका संघर्षका कार्यक्रम सुरु गर्ने र सरकारको असक्षमताको भण्डाफोर गर्ने योजना बनाएको बुझिएको छ । सरकारले जनताको पक्षमा काम गर्न नसकेकोले सत्तामा टिकिरहने नैतिक अधिकार गुमाएको निष्कर्ष कांग्रेसले यसअघि नै निकालिसकेको छ ।