काठमाडौं । ३८ औ वी.पी स्मृति दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रिय समितिले बाल आश्रममा (फलफुल, मास्क, स्यानीटाईजर, साबुन) वितरण गरेको छ ।


ADVERTISEMENT



कार्यक्रममा बोल्दै नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत भने वीपीको सपना पुरा गर्न अब हामीले उहांले भनेको समाजवादलाई आत्मसाथ गर्दै त्यस दिशा तर्फ समाजलाई लानु पर्दछ । कुनै पनि गरिब तथा अनाथ बालबालिकाहरु शिक्षा,स्वास्थ्य बाट बन्चित गराउनु हुदैन यसमा राज्य जिम्मेबार हुनु पर्छ । कार्यक्रमा तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति थियो । कार्यक्रमलाई सफल बनाउन सहयोग लागि नेपाली काँग्रेस महालक्ष्मी न.पा. वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई धन्यवाद  दिएका थिए ।


ADVERTISEMENT

# # #