काठमाडौं- बेलायतले हङकङसँगको सुपुर्दगी सन्धि तत्कालका लागि निलम्बनको अवस्थामा राख्ने निर्णय गरेको छ ।  बेलायतका विदेशमन्त्री डोमिनिक राबले संसदमा आफ्नो पूर्वउपनिवेश हङकङसँगको सुपुर्दगी सन्धि अहिलेकै मितिदेखि लागू हुने गरी अनिश्चिकाल सम्मका लागि निलम्बन गरेको जानकारी गराउनुएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।


ADVERTISEMENT


चीनले हङकङमा नयाँ राष्ट्रिय सुरक्षा कानून लागू गरेसँगै बेलायतले हङकङसँगको सन्धि निलम्बन गरेको हो । चीनले नयाँ सुरक्षा कानूनको दुरुपयोग गर्दै सुपुर्दगी गरिएका व्यक्ति अप्ठेरोमा पर्न सक्ने भएकोले सुपुर्दगी सन्धि सम्बन्धमा पछिल्लो कदम चाल्नु परेको विदेशमन्त्री राबले बताउनुभयो ।


ADVERTISEMENT

# # #


बेलायतको सो कदमलाई चीनले भने आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप लगाएको छ । हङकङमाथि चीनले नयाँ सुरक्षा कानून लागू गर्नु गम्भीर विषय भएको उहाँको भनाई थियो ।

यसअघि बेलायतले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै चिनियाँ टेलिकम्युनिकेसन कम्पनी हुवावेलाई आफ्नो फाईभ जी नेटवर्कमा प्रतिबन्ध लगाएको थियो ।

यसै महिनाको सुरुवातमा अष्ट्रेलिया र क्यानडाले पनि हङकङसँगको सन्धी निलम्बन गरेका थिए । अमेरिकाले हङकङलाई दिएको विशेष सुविधा एवं आर्थिक सहायता समेत अन्त्य गरिसकेको छ । चीनले नयाँ सुरक्षा कानून लागू गरेसँगै हङकङप्रति अन्तर्राष्ट्रिय समुदाय सशंकित बन्दै गएका हुन् ।