काठमाडौं –  भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा हालसम्म कोरोनाका कारण २८ हजार ७३२ जनाको मृत्यु भइसकेको छ ।


ADVERTISEMENT


तथ्यांक अनुसार भारतमा ११ लाख ९२ हजार ९१५ जनामा कोरोना संक्रमण देखिएको छ । लकडाउन अन्त्य भएसँगै भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ ।


ADVERTISEMENT

# # #


भारतमा एकै दिन कोरोनाका कारण दुई हजार जनाको ज्यान भएको छ भने ४० हजार संक्रमित थपिएका छन् ।

जुन १७ मा दुई हजार तीनजनाको मृत्यु भएको थियो भने जुलाई २० मा ४० हजार ४२५ कोरोना संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।