काठमाडौं- कक्षा ११ मा कम्तीमा डी प्लस ग्रेड ल्याउने विद्यार्थीले मात्र १२ कक्षाको परीक्षा दिन पाउने गरि राष्ट्रिय परीक्षा बोर्डले कार्यविधी तयार पारेको छ । कक्षा ११ को अन्तिम परीक्षा संचालनको अधिकार विद्यालयलाई नै दिने सरकारी निर्णय पश्चात बोर्डले सो नियम सहितको कार्यविधी तयार पारेको हो ।सो कार्यविधी चालु आर्थिक वर्ष देखी नै लागु हुने बोर्डको कक्षा १२ तर्फका परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले बताए। कक्षा ११ को परीक्षा संचालन, व्यवस्थापन, मुल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधी २०७७ अनुसार परीक्षा सम्बन्धी सम्पु्र्ण जिम्मेवारी विद्यालयलाई दिइएको छ । विद्यार्थीले पुनर्योग वा उत्तरपुस्तिका हेर्न चाहेमा विद्यालयले नै सहजीकरण गर्ने छन् । विद्यार्थीले पाएको अंकं तथा मुख्यांकन समेत बोर्ड पठाउनु नपर्ने भएको छ ।


ADVERTISEMENT