सिन्धुली । बागमती प्रदेश प्रहरी तालिम केन्द्रमा प्रहरी जवान आधारभुत तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ ।


ADVERTISEMENT


उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआजी) बसन्त कुमार लामाज्यूको प्रमुख आतिथ्यमा दीक्षान्त समारोह कार्यक्रम समापन भएको । विशेष अतिथिका रुपमा बागमती प्रदेश प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती सुमी लामाज्यू, बर्दबहादुर गण ठुलिटार व्यारेकका गणपति प्रमुख सेनानी बिजय थापा, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जु सिग्देल,स्थानीय जन प्रतिनिधि, यस केन्द्रको हाता भित्र निर्माणाधिन प्रशिक्षार्थी व्यारेकका निर्माण व्यवसायी लगायतको समुपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


उक्त तालिममा प्रशिक्षार्थीहरु पुरुष ३६७ र महिला १०६ जना गरी कुल ४७३ जना प्रशिक्षार्थीहरुले सफलतापूर्वक तालिम समापन गरी दीक्षित भएका थिए ।


दीक्षान्त समारोहका प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक (डिआजी) लामाज्यूलाई प्रशिक्षार्थी प्रहरी जवानहरुद्वारा सम्मानार्थ सलामी अर्पण गरिएको थियो । सलामी ग्रहण पश्वात प्रमुख अतिथिज्यूले दीक्षान्त कवाजको निरीक्षण गरी विभिन्न विधामा उत्कृष्ट प्रशिक्षार्थीहरु तथा प्रशिक्षकहरुलाई पुरस्कार वितरण  गरेका थिए ।

दीक्षित भई जाने प्रशिक्षार्थी प्रहरी जवानहरुलाई निर्देशन सम्वोधन गर्ने क्रममा तालिममा हासिल गरेको ज्ञान, सीप र कौशललाई आचरण व्यवहारमा उतारी प्रहरी संगठनको छवि उच्च वनाउन निर्देशन दिए ।
साथै सोही अवसरमा विषम परिस्थितिमा समेत धैर्यताका साथ तालिम सञ्चालन गरी दीक्षित गराउन अहोरात्र खटिने केन्द्रका समादेशक लगायत सम्पूर्ण प्रशिक्षक वर्गलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा यस बागमती प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रशिक्षार्थी प्रहरी जवानहरुलाई शव्दोच्चारणद्वारा सपथ गराएका थिए। एसएसपी भण्डारीको कुशल नेतृत्व झल्काउने काम देखिएको थियो । सोही अवसरमा प्रमुख अतिथिज्यू लगायत उपस्थित सम्पूर्ण अतिथिहरुको गरिमामय उपस्थितिको लागि धन्यवाद दिए।

साथै प्रशिक्षणको दौरानमा प्रशिक्षार्थीहरुले प्रदर्शन गरेको उच्च कोटिको अनुशासन, अदम्य साहस, सामुहिक भावनाको विकाश, लगनशिलता, सकरात्मक सोच, अभिरुची एवं धैर्यताकासाथ तालिम सम्पन्न गरी आज दीक्षित भई जाने सम्पूर्ण प्रहरी जवानहरुलाई धन्यवाद दिंदै उहाँहरुको व्यवसायिक, पारिवारिक तथा व्यक्तिगत जीवनको सफलताको शुभकामाना दिनु भयो । साथै दीक्षान्त समारोहमा यस केन्द्रका उप-प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रदीप बहादुर क्षेत्रीले तालिम सम्वन्धि प्रतिवेदन प्रस्तुत गरेका थिए ।