काठमाडौं – पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १८ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ४८१ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा २० हजार ९८ जना रहेका छन् भने ५ हजार ३५८ जना आइशोलेसनमा अथार्त सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ४३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । हालसम्म १२ हजार ८४० जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा १५६ जना निको भएका छन् ।