काठमाडौँ – नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्जका ७० वर्षीय एक पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार श्वास प्रश्वासमा कठिनाई भएपछि ती मृतक पुरुष वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । उपचारका क्रममा उनको हिजो (बुधबार) मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ । नेपालमा आजसम्म कोरोना संक्रमितको संख्या १८ हजार २४१ रहेको छ । आज मात्रै १४७ जना नयाँ संक्रमित फेला परेका छन् । कूल संक्रमितमध्ये १२ हजार ८४० जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा १५६ जना उपचार पछि निको भएका छन् ।