काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्माओलीसँग भेटवार्ता गरेका छन् । १२० दिन लामो लक डाउन खुलेपछि देउवाले बिहीबार बिहान प्रधानमन्त्री भेटेर कोरोना र बाढी पहिरोका सम्बन्धमा नेपाली कांग्रेसका तर्फबाट विशेष ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT


भेटमा सभापति देउवाले कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेको र ४३ जनाको मृत्यु भइसकेको अवस्थामा लक डाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्धी ओलीसँग आग्रह र माग गरेका छन् । उनले परिक्षण पीसिआर प्रविधीबाट मात्रै गर्न आग्रह गर्दै क्वारेन्टाइनहरु अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरे ।


ADVERTISEMENT

# # #


विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिव्रता दिनपनि सभापतिले आग्रह गरे । उनले बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहिन भएको हुंदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न समेत अग्रह गरे ।

कोरोना सिर्जित चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापुर्वक लिएर सम्बोधन गर्न पनि सभापतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।