काठमाडौं– विश्व फोटो दिवस अगस्ट १९ लाइ मध्ये नजर गरेर फोटो पसल प्रालिले ‘कोभिड–१९ फोटो प्रतियोगीता’ गर्ने भएको छ । प्रतियोगितामा देश, विदेशमा रहेका फोटोग्राफर, फोटो पत्रकार र फोटोग्राफी सम्बन्धी रुची राख्ने नेपालीले प्रतियोगिमा सहभागी हुन पाउने छन् ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड– १९) ले नेपालको सामाजिक आर्थिक एंव व्यक्तिगत रुपमा पारेको प्रभावलाई भावी पुस्ताका लागि इतिहासमा दस्तावेजका रुपमा प्रस्तुत गर्न फोटो पसल प्रालिले अगस्ट १९ का दिन विश्व फोटो दिवसको अवसर पारेर प्रतियोगिता गर्न लागेको संयोजक हरी पाण्डेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनका अनुसार कोभिड–१९ संग सम्बन्धित फोटोहरुलाई प्रतियोगितामा प्राथमिकता दिइनेछ । प्रतियोगितामा सहभागी हुन कुनै पनि शुल्क लाग्नेछैन । प्रतियोगितामा सहभागी हुनका लागि फेसबुक पेजमा रहेको जिमेलमा ओरजिनल फाइल फोटो कम्तिमा पनि ठुलो साइजमा प्रिर्न्ट गर्न मिल्ने र आफैले खिचेकोमात्र पठाउनु पर्ने छ । प्रतियोगिताको विजेता छनोटका लागि आयोजक कमिटिले वरिष्ट फोटोग्राफर, वरिष्ठ फोटो प्रत्रकार लगाएत ३ सदस्यीय निर्णायक मण्डल छनोट गरेको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार रू २५ हजार, दोस्रो पुरस्कार रू १० हजार र तेस्रो पुरस्कार रू ५ हजार सम्मान स्वरूप प्रदान गर्ने निर्णय फोटा पसल प्रालिको छ । सम्पुर्ण सहभागीलाई आयोजक कमिटिले डिजिटल प्रमाण प्रत्रको व्यवस्था समेत गरेको छ ।

फोटो पसलले यस प्रतियोगितामा सहभागीले पठाएका सम्पुर्ण फोटो आयोजक कमिटिले सहज परिस्थिति आएपछि अनलाइन वा अफलाइनमा प्रर्दर्शनी गर्न पाउने छ । जसमार्फत फोटो विक्रि वितरण भएमा उक्त फोटोको विक्रि मुल्यको आधा रकम सम्वन्धित फोटोग्राफरले समेत पाउने कुरामा सहमति जनाउनु पर्ने संस्थाले जनाएको छ ।

साथै प्रतियोगिहरूले आफुले पठाउने फोटो प्रविधि प्रयोग गरी लाइट वा कलर चलाएर राम्रो बनाएर पठाउन सक्नेछन् । फोटो यहि श्रावण ३१ गते शनिवार सम्म पठाइसक्नु पर्ने छ भने पठाउने फोटो कोभिड–१९ सम्वन्धि जनचेतना, सुचना एवं यसको प्रभावलाइ उजागर गराउने विषय वस्तुमा केन्द्रित हुनु पर्ने आयोजकले जनाएको छ ।