काठमाडौँ  – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले महालक्ष्मी लाइफ इन्सुरेन्स सँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गरेको छ । सहकार्य सम्झौतामा महालक्ष्मी लाइफ इन्सुरेन्सका उप प्रमुख कार्यकारी अधिकृत कमल पन्थी र सेलकम प्रा. लि.का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT


अब महालक्ष्मी लाइफ का ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बिमा प्रिमियम तिर्न का लागि सेल्पेमामा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसका लागि प्रयोगकर्ताले सेल्पेमामा लगइन  गरि बिमा अप्सनमा क्लिक गर्नुपर्नेछ, महालक्ष्मी लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राखेपस्चात आफ्नो बिमा विवरण चेक गरि देखाएको प्रिमियमको रकम पे बटन थिच्नुपर्नेछ र आफ्नो बिमा प्रिमियम भुक्तानी गर्न सकिनेछ । प्रयोगकर्ताको सम्पूर्ण भुक्तानीहरु ट्रान्सक्सोन हिस्ट्री सेक्सनबाट सजिलै हेर्न सकिनेछ ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेमा वास्तविक समयमा भुक्तानी, बिना वालेट कारोबार गर्न सकिने, सरल एवं सुरक्षित, लोयल्टी पोइन्टस पाईने लगायतका विशेषता रहेका छन् ।