काभ्रे – वर्षाका बेला जहाँ जतिखेर पनि विपद् पर्नसक्छ । त्यसको तयारीका लागि सुरक्षाकर्मी जुनसुकै बेला तयार रहनुपर्दछ । त्यसैको पूर्व अभ्यासस्वरुप आज जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेपलाञ्चोकले विपद्मा परेकालाई कसरी खोज तथा उद्धार गर्ने भन्ने विषयमा धुलिखेलमा पूर्वअभ्यास कार्य सम्पन्न गरेको छ ।


ADVERTISEMENT


नेपाली सेनाको विष्णुदल गणले घरभित्र विपद्मा परेका र गहिरो खोंचमा फसेकालाई कसरी उद्धार गर्न सकिन्छ भन्ने विषयलाई आधार बनाएर खोज तथा उद्धार टोलीले गर्ने अभ्यासको प्रदर्शन गरेर देखाएको हो । सो नमूना उद्धार कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले नमूना अभ्यासले विपद्मा शीघ्र उद्धारका लागि ठूलो टेवा दिने बताए ।


ADVERTISEMENT

# # #


पूर्व अभ्यासका क्रममा उद्धारपछि उपचारका लागि लैजाने विधिको प्रदर्शन गर्दै सुरक्षाकर्मी ।

सो क्रममा नेपाली सेनाको विष्णुदल गणले धुलिखेल नगरपालिकाबाट करिब रु आठ लाखको प्राप्त अत्यावश्यक उद्धार सामग्री नगरप्रमुख अशोक ब्याञ्जुले जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनालाई हस्तान्तरण गरे ।

उनले अब छिट्टै पनौती नगरपालिका र रोशी गाउँपालिकाले उपलब्ध गराउने तयारीमा रहेको जनाउँदै सबै तहमा गठित विपद् व्यवस्थापन समिति विपद् प्रतिकार्यमा खटिनपर्ने अवस्था आउनसक्ने भएकाले तयारी अवस्थामा रहनसमेत आग्रह गरे । रासस