इनरुवा – सुनसरीको धरान उपमहानगरपालिका ३ मा रहेको तरकारी बजारमा आज बिहान आगलागी भएको छ ।  आगलागीमा परेर ११ वटाभन्दा बढी पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


ADVERTISEMENT


बजारको अघिल्लो भागमा रहेको कस्मेटिक र फलफूल पसल जलेर नष्ट भएको छ । धरान उपमहानगरपालिकाको वारुणयन्त्रण र स्थानीय बासिन्दाले आगलागी नियन्त्रणमा लिएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । –रासस


ADVERTISEMENT

# # #